सुनचाँदी क्षेत्रका समस्या समाधान गर्ने आश्वासन

Read Time = 2 mins

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले आमउपभोक्ता र व्यवसायीको हक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

मन्त्री बडूले सुनचाँदी व्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयतर्फबाट शीघ्र पहल गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका विभिन्न समस्याबारेमा मन्त्री बडूलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताउनुभयो । शाहका अनुसार कच्चापदार्थ आपूर्ति अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रक्रिया, कालिगढ व्यवस्थापन, व्यावसायिक सुरक्षालगायतका बिषयमा छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?