लुम्बिनी जनरलको १० प्रतिशत लाभांश पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको लाभांश प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश पाउनेछन् । ९.५ प्रतिशत लाभांश पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले मर्ज गर्न तथा गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिनुका साथै सञ्चालक समितिमा चारजना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?