काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच नेपालमा खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि आठ करोड अमेरिकी डलर अर्थात् करिब १० अर्ब नेपाली रुपैयाँ बराबरको ऋण सहयोगका लागि हस्ताक्षर भएको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवद्र्धनमा सहयोग पुर्याउन विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब नेपाली रुपैयाँबराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा अर्थसचिव मरासिनीले नेपालको संविधानमा उल्लेखित संघीयताका सिद्धान्तअनुरूप दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यले मुख्य प्राथमिकता निर्देशित रहेको भन्दै आयोजनाबाट अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने र अति जोखिममा परेका समुदायलाई पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाइ सेवाहरूको पहुँच न्यून हुनु, गरिबी उच्च हुनुका साथै ती प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् । आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशील तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले बताउनुभयो ।
आयोजनाले उक्त दुई प्रदेशका स्थानीय सरकारलाई खानेपानी र सरसफाइ सेवा दिगो र प्रभावकारीरूपमा उपलब्ध गराउन सक्षम संयन्त्र विकास गर्न मद्दत गर्नुका साथै सो क्षेत्रका प्रादेशिक र संघीय सरकारका निकायको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीप्रति जवाफदेहिता पनि बलियो बनाउने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका