काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परेर पाँच जना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका– ८ भीमढुंगा हर्सनखोलामा बुधबार राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो । चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उहाँकाअनुसार घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। मानिसलाई घाइते बनाएको चितुवा भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका