कविता : भानुुको सम्झना !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

भाषाभक्त सशक्त पण्डित तिमी, हौ भारती-भास्कर ।
हाम्रा संस्कृति सभ्यता सिपकला, छौ एकता दीपक ।।
चोखा वाङ्मय काव्य-कानन फुले, माली सुुसारे मिली ।
भाषा-भानुु ! छर्‍यौ प्रभा किरणमा, उन्मुुक्त सञ्जीवनी ।।


नेपाली जनका कथा हृदयका, सारेर लेख्यौ कवि ।
नेपाली जनका मुराद खँदिला, पार्ने इरादा कसी ।।
भाषा व्याकरणादिका मुख खुले, तिम्रा महाकाव्यमा ।
चोखा मौलिकता अलङ्कृत हुँदा, सग्ला थिए साधना ।।


हे भानो ! तर आज प्राज्ञ जननै, भाषा बिगारा बनी ।
आफ्ना गौरव उच्च पौरख भुली, आगो बल्यो दन्दनी ।।
भत्काई पदवर्ण अक्षर कयौं, झन् रल्लिए झल्लिए ।
प्रा.डा.का पगरी अराजक हुँदा, भूूकम्पले थल्लिए ।।


चर्को बेथिति द्वन्द्व औ कलहले, भाषा भयो घाइते ।
छैनन् स्वच्छ गवेषणा सतहमै, बन्छन् कयौं आइते ।।
मात्रै नक्कल गर्दछन् पर–प्रथा, मेटेर आफ्ना पन ।
भाषा वाङ्मय नै निलम्बित हुँदा, संकष्टमा छन् जन ।।

(भानुुजयन्तीको सन्दर्भमा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?