कविता : गुरु-गुरुआमा

हिमालय टाइम्स
Read Time = 1 min

✍️ आकृति मल्ल

राम्रा राम्रा कार्य गर्नू भन्ने गुरुआमा ।
गुरुजनको कुरा मानौँ हामी सबै जना ।।१।।

शिक्षाको ज्योति बाल्ने काम गर्नुहुन्छ गुरुले ।
त्यही ज्योतिलाई बाली राख्छौँ राम्रो संगत बानीले ।।२।।

पढी लेखी असल मान्छे हामी सबै बन्नुछ ।
आमा-बुबा-देशको सपना हामीले पूरा गर्नुछ ।।३।।

विद्यार्थीको समस्यालाई सजिलै सुल्झाउने ।
रित्तो हाम्रो दिमागमा ज्ञान भरिदिने ।।४।।

गलत बाटो छोड्न भनी सही देखाउने ।
राम्रो बाटो देखाएर असल बनाउने ।।५।।

अहिंसा र सत्य धर्म हामीलाई सिकाउने ।
देशभक्ति पितृभक्ति हामीलाई पढाउने ।।६।।

गुरुज्यू र गुरुआमा दुवैलाई हामी ।
नमस्कार गर्छौँ सदा ईश्वर नै मानी ।।७।।

कक्षा ७, कोटेश्वर सरस्वती मा.वि. ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
पुष्प कुवर
पुष्प कुवर
2022-07-15 6:11 am

राम्रो छ !

Sumitra Maharjan
Sumitra Maharjan
2022-07-15 6:47 am

धेरै धरै बधाई तथा शुभकामना छ नानीलाई 🙏

रिलेटेड न्युज

छुटाउनुभयो कि ?