मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा छैनन्, म पनि छैन : शेखर कोइराला

Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा नरहेको ठोकुवा गर्नुभएको छ । जनकपुरधामको पिडरिया माईस्थान स्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोईरालाले मधेशका सबै जिल्लाका सभापतिहरु कांग्रेस एक्लै लडनुपर्ने पक्षमा रहेको बताउनु भयो । यद्यपि गठबन्धन गर्नै पने हो भने पनि न्युनतम सिट दिएर मात्र गठबन्धन गर्नुपर्ने उहाँले बताउनु भयो ।

नेता कोइरालाले गठबन्धन गर्ने पक्षमा तपाईहरु हुनु हुन्न भन्ने कुरा मलाई थाहा छ भनिरहँदा उपस्थित नेता कार्यक्रताले ताली बजाएका थिए । गठबन्धनका न्यूनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढनुपर्ने उहाँको तर्क छ । गठबन्धन कति र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्ने कोइरालाले बताउनु भयो । उहाँले बाम गठबन्धनको पनि सम्भावना रहेको बताउनु भयो ।

स्थानीय तहको निर्वाचन र अगामि निर्वाचनको परिस्थती फरक रहेको बताउदै उहाँले दुरगामी सोचकासाथ नेतृत्वले निर्णय गर्नुपर्ने बताउनु भयो। अर्थमन्त्रीको घटना विषयमा बोल्दै नेता कोइरालाले अर्थमन्त्रीको राजीनामाले नै गडबड भएको स्पष्ट भएकाले यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामाले मात्र नपुग्ने बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशसभामा पार्टीका संसदीय दलका नेता रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पजियार नेता रामकृष्ण यादव, दिनेश प्रसैला यादव, मेघनाथ यादव सहितको उपस्थिती थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?