कमल थापाले सर्बोच्चमा ‘गाई’ माग्दै भोलि आफैँ बहस गर्ने

Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह 'गाई' माग्दै सर्बोच्च अदालतमा आज मुद्दा दायर गरेको छ ।

आज दर्ता भएको रिट निवेदन माथी सुनवाइ हुने भएको छ । मुद्दाको पेशी भोलि तोकिएको छ । भोलिको पेशीमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्बोच्च अदालत जाने हुनु भएको छ ।

यसको जानकारी दिँदै थापाले ट्विट गर्दै भन्नुभएको छ : संविधान र कानुनले 'गाई' चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले 'गाई' लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई 'गाई' नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धि मुद्दाको भोलि पेशी छ। म आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छू ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?