भोलि दिल्ली जाँदै प्रचण्ड

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि तीन दिने भारत भ्रमका लागि जाँदै हुनुहुन्छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गर्नुभयो ।

त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताउनु भएको थियो ।

उहाँले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिनुभयो । भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?