प्रि-सिजनमा टोटनहमको जित

Read Time = 2 mins

सोल । प्रि-सिजनको मैत्रीपूर्ण खेलअन्तर्गत टोटनहम हट्सपरले कोरियन क्लब अल स्टार टिमलाई ६-३ गोलअन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा हृयारी केन र हृयुङ मिन सनले सानदार प्रदर्शन गर्दै टोलीको जित दिलाउनुभएको थियो ।

खेलको ३०औँ मिनेटमा डाएरले पेनाल्टी क्षेत्रबाहिरबाट गोल गर्दै टोटनहमलाई अघि बढाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा सुन चोले हेडरमार्फत बराबरी स्कोर गर्नुभयो । केनको क्रस जिन-हृयोक किमलाई लाग्दै गोल भएपछि टोटनहमले आत्मघाती उपहार पायो । त्यसको ५ मिनेटमा भेल्द्विकले अर्को गोल थप्नुभयो ।

५४औँ मिनेटमा केनले र ६८ औँ मिनेटमा सनले पेनाल्टीमा गोल गर्नुभएपछि टोटनहम फराकिलो अग्रतातर्फ अघि बढ्यो । त्यहीबीच घरेलु टोलीका अमानोले फ्रिकिकबाट गोल अन्तर घटाउनुभयो । त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा दुई गोल गर्दै टोटनहमलाई जित दिलाउनुभयो ।

टोटनहमले प्रि-सिजनमा पहिलो मैत्रीपूर्ण खेल खेलेको हो । टोलीले अब कोरियामा नै सेभिल्लासँग खेल्ने तालिका तय भएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?