‘समकालीन लघुकथा विवेचना’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार ममता मृदुलले लेख्नुभएको समालोचनाहरूको संग्रह ‘समकालीन लघुकथा विवेचना’ एक समारोहबीच सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त पुस्तक आख्यानकार पद्मावती सिंहले सार्वजनिक गर्नुभयो । पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि सिंहले आफूले थुप्रै कथा लेखेपनि लघुकथा दशवटा मात्रै लेखेको सम्झना गर्नुभयो ।

लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतिले ममताले समालोचना संग्रह प्रकाशित गरेकोमा बधाई दिँदै उहाँको कार्यबाट आफू प्रेरित भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी प्रमुख विष्णुकुमारी भट्टराई, साहित्यकारहरू प्रमोद प्रधान, प्रभात दीक्षित, श्रीओम श्रेष्ठ रोदन, रामप्रसाद पन्त, तलुसीहरि कोइरालालगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?