जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा

Read Time = 1 min

काठमाडौं । जीवन शाहीको निर्देशन रहेको ‘म आउँछु चौतारी...’मा गीतको भिडियो सार्वजनिक भएको छ । कविर योञ्जन फिरोज, स्नेहश्री थापाको स्वर, कल्पना पार्खिनको शब्द, कविरकै संगीत र दानियल गदालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशल पौडेलको छायांकन र दिनशोन शाहको सम्पादन रहेको गीतको भिडियोमा निराजन प्रधान र आस्मा मल्ल बानियाँलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ सबैको मिहिनेतबाट गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक शाहीले बताउनुभयो ।

https://www.youtube.com/watch?v=X2ijHrryPP8

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?