आतिथ्य सत्कार तालिम

Read Time = 2 mins

काठमाडौं । ब्रिटिस कलेजसँगको सहकार्यमा युकेस्थित सिटी एन्ड गाइडको सहयोगमा नेपालमा विभिन्न व्यावसायिक तालिम सञ्चालन भएका छन् । एक्सेल इन्टरनेसनल एजुकेसनले विभिन्न उमेर समूहलाई लक्षित गर्दै आतिथ्य सत्कारका विभिन्न तालिम प्रदान गर्दै आएको जनाएको छ ।

सबैलाई रोजगारीको अवसर जुटाउने तालिम प्रदान गरिएको कलेजले जनाएको छ । आठ कक्षादेखि उच्च शिक्षा हासिल गरेका युवालाई समेत लक्षित गरी तालिम सञ्चालन गरिएको बताइएको छ ।

सिटी एन्ड गाइड वस्तु तथा सेवा क्षेत्रमा जनशक्ति उत्पादनलगायत अन्य आपूर्तिमा प्रसिद्ध छ । नेपालमा रोजगारीको आवश्यकता, सरकारको चाहनालगायतका विभिन्न पक्षलाई ख्याल गरी तालिम सञ्चालन गरिएको सिटी एन्ड गाइडका नेपाल, भारत र भुटानका क्षेत्रीय निर्देशक जयन्त चौहानले बताउनुभयो ।

एक्सेल एजुकेसनका प्रबन्ध निर्देशक महेन्द्रराज कँणेलले नेपालको औद्योगिक क्षेत्रले खोजिरहेको जनशक्ति उत्पादन गर्ने गरी तालिम सञ्चालन गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?