ब्रिटिस काउन्सिलको शुल्क इसेवाबाटै

Read Time = 1 min

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौताबमोजिम काउन्सिलले लिने आइएलटिएस परीक्षाको शुल्क इसेवामार्फत् भुक्तानी गर्न सकिने भएको हो । इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनीबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवा शुल्क भुक्तानी गर्न सकिन्छ । कम्पनीले भुक्तानीमा आकर्षक क्यासब्याकसमेत प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?