एसको नाटक ‘एक सिक्का’ प्रदर्शन हुने

Read Time = 2 mins

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले एक सिक्का नामक एस नाटक शनिबार प्रदर्शन गर्ने भएको छ । नाटक दिउँसो १ र ५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजना गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो ।

‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीले हरेक वर्ष नाटक गर्दै आएका छन् । यस वर्ष प्रदर्शन हुने एक सिक्का नामक नाटकको नाट्य, आलेख र निर्देशन प्रदिपकुमार चौधरी र सहनिर्देशन भरत लिम्बूले गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिपकुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकबारे जानकारी गराउनुभएको थियो ।

आयोजकका अनुसार नाटक एक सिक्का लोककथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नुपरेको पानी अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताले भोग्नुपरेको तितो यथार्थलाई नाटकको विषयवस्तु बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?