प्रहरी हवल्दार लागूऔषधसहित पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । जब समाजमा कुनै घटना वा असामानीय अवथा आउँछ तव सम्झने पहिलो नाम हो प्रहरी तर पछिल्लो समय सर्लाही प्रहरी आफैँ लागूऔषध कारोवारमा संलग्न रहेको खुलासा भएको छ ।

सर्लाहीको नवलपुरबाट बिहीबार दिउँसो भारी परिमाणमा लागूऔषधसहित एक जना प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका छन् ।

सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

लालबन्दी नगरपालिका-१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको एसपी पोखरेलले बताउनुभएको छ ।

प्रहरीले सिंहको कोठाबाट कोरेक्सको दुईवटा खाली बोतल पनि बरामद भएको छ । वरिष्ठ हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

रौतहट घर भएका सिंहको दरबन्दी इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरको रहेपनि उनी इप्रका नवलपुरमा काजमा कार्यरत थिए । सिंह यहाँबाट रमाना बुझेर भोजपुर जाने तयारीमा थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?