गोरुको मासुसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका-५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका-१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे छन् ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?