भक्तपुरमा यो वर्षदेखि राजधानी कलेज सञ्चालनमा आउने

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । रोम्बस नेशनल स्कूलको व्यवस्थापनमा भक्तपुरमा यसवर्षदेखि राजधानी कलेज सञ्चालनमा ल्याइने भएको छ । कलेजले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

भक्तपुरको कमलविनायक चोखास्थित रोम्बस स्कुलमा कलेज सञ्चालनमा आउने भएको हो । भक्तपुरको शैक्षिक संजाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जोड्ने उद्देश्यका साथ कलेज सञ्चालन गर्न लागिएको छ । शिक्षा र पर्यटनका लागि भक्तपुर भन्ने नारालाई सार्थक बनाउन थप योगदान गर्ने उद्देश्यले कलेज सञ्चालन गर्न लागिएको संचालकहरुकाे भनाई छ ।

पत्रकार सम्मेलनमा डा राजेन्द्र कोजूले कलेजमा यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा शाश्त्रका कक्षाहरु संचालन हुने बताउनुभयो । राजधानी कलेजको छुटै विभाग र भवन बनाई कुल २६ आना जग्गामा २ वटा आफनै भवन प्रयोग गर्ने गरी करिब ३ करोड लगानीमा कलेज संचालन हुने उहाँले बताउनु भयो ।

सन् २००५ मा सम्वन्धन प्राप्त गरिसकेको राजधानी कलेज यस शैक्षिक वर्षदेखि भक्तपुरमा स्थानांतरण गरी सञ्चालन गर्न लागिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?