काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिनुभयाे। उहाँको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
उहाँ भुसालसँग पराजित हुनु भएको हो । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका