यौन दुर्बलता र समाधान

Read Time = 4 mins

काठमाडौं । यतिबेला यौन दुर्बलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान नहुन सक्छ । जसले स्वास्थ्यमा मात्र होइन मानसिक रुपमा पनि समस्या उत्पन्न हुनसक्छ ।

उमेर ढल्दै गएपछि यौन दुर्बलता हुनु स्वाभाविकै हो तर, उमेरमै पनि यौन दुर्बलताका कारण मानिसहरु मानसिक रुपमा विछिप्त बनेका हुन्छन् । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । तर युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । यौनशक्ति बढाउन अन्य उपाय भन्दा घरेलु उपाय नै लाभान्वित हुने अनुसन्धानबाट खुलेको छ ।

व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मोनको ठूलो भूमिका हुन्छ । साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मोनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ । विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ । यसका कारण के कति कारणले आफूमा यौन दुर्बलता भयो भनेर थाहा पाउन चिकित्सकसँग परामर्श र चेक जाँच आवश्यक पर्छ ।

शरीरमा पोषण तत्वको कमीले पनि यौन जीवनमा समस्या हुने भएकाले खानपानमा उचित ध्यान दिनुपर्छ ।
हाल बजारमा पाइने यौन शक्तिबर्धक औषधि सजिलै पाइन्छ । कतिले यसको सेवन पनि गर्ने गरेका छन् । तर यो कति फलदायी हुन्छ या त्यसले विस्तारै हाम्रो शरीरलाई हानी पुर्याउँदै गएको त हुन्न भनेर चिन्ता लिनेहरु पनि पाइन्छ । ती औषधिको प्रयोग सम्बन्धित विषयको विशेषज्ञको सल्लाहविना गर्नु हुँदैन । यौन शक्ति बढाउने विभिन्न भियाग्रा पाइन्छन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबद्र्धक आयुर्वेदिक औषधि हुन् । सिलाजित, यार्सागुम्बा, च्यवनप्रास जस्ता यौनबद्र्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ ।

सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो । भियाग्रा हो । तर यसको बेफाइदा पनि छ । सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ । त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि किसिमका यौनबद्र्धक औषधिको प्रयोग गर्नु हुन्न ।

सबैभन्दा पहिले हामीले हाम्रो खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् । साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ ।

-विभिन्न पत्रपत्रिकाको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?