उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको हो : ओनसरी घर्ती

Read Time = 2 mins

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार उपसभामुखमा काँग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाई राख्नु भएको हो ।

प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित हुनु भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संविधानमा व्यवस्था भए अनुसारनै यो निर्वाचन भएको छ । अलग दल र फरक लिंग भन्ने संविधानको भावनामा नै टेकेर उपसभामुख निर्वाचित हुनु भएको हो । यो छिटो हुनुपर्दथ्यो भन्ने मेरो पनि मान्यता थियो  ।'

सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?