भारतमाथि इंग्ल्याण्डको फराकिलो जित

Read Time = 3 mins

लण्डन । रिस टोप्लीले ६ विकेट लिनुभएपछि इंग्ल्याण्डले दोस्रो ओडिआई खेलमा भारतमाथि १०० रनको फराकिलो जित हात पारेको छ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १४६ रनमा अल आउट भयो । भारतका रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले समान सर्वाधिक २९ रन बनाउनुभयो । हार्दिकले ४४ बलमा दुई चौका र जडेजाले ४४ बलमा एक चौका र एक छक्का प्रहार प्रहार गर्नुभयो । रोहित शर्माले १० बल खेले पनि रोहितले खाता खोल्न सक्नुभएन । शिखर धवन नौ रनमा आउट हुनुभयो । ऋषभ पन्तलाई भारतले शून्यमा गुमायो ।

विराट कोहली १६, सूर्यकुमार यादवलाई २७ रन जोड्दा मोहम्मद शामीले २३ रन बनाउनुभयो । टोप्लीले ९.५ ओभरमा दुई मेडनसहित २४ रन खर्चेर ६ विकेट लिनुभयो । डेविड विल्ली, बायडन कार्स, मोइन अली र लियाम लिभिङस्टोनले एक–एक विकेट लिनुभयो ।

त्यसअघि लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४९ ओभरमा २४६ रन बनाएको थियो । इंग्ल्याण्डका मोईन अलीले ६४ बलमा दुई चौका र दुई छक्कासहित ४७ रन बनाउनुभयो । डेविड विल्ली ४९ बलमा दुई चौका र दुई छक्कासहित ४१ रनमा आउट हुनुभयो ।
हार्दिक पाण्ड्याले २३ रनमा आउट हुनुभयो । जोनी बेयरस्टोले ३८ रनमा बोल्ड हुनुभयो । उहाँले ३८ बलमा ६ चौका प्रहार गर्नुभयो । जो रुटले ११ रन, लिभिङस्टोन ३३ रनमा आउट हुनुभयो ।

भारतका युजभेन्द्र चहलले १० ओभरमा ४७ रन खर्चेर चार विकेट लिनुभयो । जस्प्रित बुमराह र हार्दिक पाण्ड्याले दुई–दुई विकेट लिनुभयो । प्रसिद्धकृष्ण र मोहम्मद शामीले एक-एक विकेट बाड्नुभयो । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो । अन्तिम खेल आइतबार म्यानचेस्टरमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?