नमुनालाई फुटसलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नमुना फुटसलले प्रथम एन्जल्स एसइई कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई तीन–एक गोलले पराजित गर्‍यो । विजयी टिमका लागि कविन्द्र तामाङले दुई तथा समिर गुरुङले एक गोल गर्नुभयो ।

मनासलुका कविर तामाङले सान्त्वना गोल गर्नुभयो । उपाधिसँगै नमुनाले ३० हजार नगद पुरस्कार पायो भने मनासलुले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको प्रतियोगितामा मनासलुका विश्वास घले उत्कृष्ट खेलाडी घोषित हुनुभयो । नमुनाका सञ्जय तामाङ उत्कृष्ट गोलरक्षक चुनिनुभयो ।

विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । लिग कम नकआउट आधारमा भएको प्रतियोगितामा ३० टिम सहभागी हुनुहुन्थ्यो ।

पहिलो हुनेलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत प्लस २ अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?