ओठ फुटेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ओठ फुटेर हैरान बन्नुभएको छ ? धेरै औषधि गर्दा पनि निको भएको छैन र चिन्तामा हुनुहुन्छ ? त्यसो भए यहाँ तपाईंहरूलाई यसको समाधानका बारेमा जानकारी दिइँदै छ : यी केही सामान्य उपायहरू छन्, जसको प्रयोगले तपाईंको ओठ फुट्नबाट जोगाउन सकिन्छ ।

राती सुत्ने बेलामा तोरीको तेल नाइटोमा लगाउने गर्नाले ओठ फुट्ने समस्याबाट छुट्कारा मिल्छ । बिहान र बेलुका दिनको दुई पटक चार-पाँचवटा बदाम खाने गरेमा ओठ फुट्ने समस्या टाढा हुन्छ । दिनमा कम्तीमा दुईपटक ग्लिसिरिन ओठमा लगाउने गर्दा पनि ओठ फुट्दैन ।

गुलाफको फूल पिँधेर त्यसको धुलोसँग अलिकति दूध वा दूधको तरसँग लेप बनाएर कम्तीमा पनि सात दिन लगाउनुपर्छ । यसो गर्नाले ओठ फुट्ने समस्याबाट पूर्णतया छुट्कारा मिल्छ । अलैँची पिसेर त्यसको धुलो नौनी (मख्खन) सँग मिलाएर त्यसको लेप बनाई दिनमा दुईपटक लगाउने गर्नाले पनि ओठ फुट्ने तथा कालो हुने समस्याबाट छुट्कारा मिल्छ । यहाँ बताइएका सामग्रीहरू प्रायः हाम्रो घरमा सधैँ हुने हुनाले आफ्नै घरमा भएका सामग्रीहरू प्रयोग गरेर ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यहाँ बताइएका सबै औषधि आयुर्वेदिक हुन् र कुनै किसिमको अन्य हानि गर्दैनन् । बजारमा पाइने केमिकल मिलाएर बनाएका विभिन्न औषधिहरू पनि हुन्छन्, जुन प्रयोग गर्न सजिलो हुन्छ र छिटो पनि हुन्छ । हाल कुनै असर गरेको नदेखिए पनि कालान्तरमा यस्ता केमिकल मिसिएका कुराहरूले पक्कै पनि असर गर्छन् भन्ने कुरा हामी सबैलाई सर्वविदितै छ । त्यसैले माथि भनिएका कुनै एक तरिका अपनाई तपाईंले आफ्नो ओठ फुट्न र कालो हुनबाट जोगाउन सक्नुहुन्छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?