कामनाको शाखारहित सेवा सलकपुरमा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

इलाम । कामना सेवा विकास बैंकले इलामको सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित सेवाको सुरुवात ६ नं. वडाका वडा सदस्य धिरज राईले गर्नुुभएको थियो ।

बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोनका प्रोप्राइटर यामप्रसाद अधिकारीलाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित सेवामार्फत् खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?