कार्लोसलाई ओपो अवार्ड

Read Time = 2 mins

काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा द अल इंग्ल्यान्ड लनटेनिस क्लब र ओपो लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनरले १५ दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन् । टेनिस स्टारको अर्को पुस्तामात्र नभई स्ट्यान्ड र घरमा रहेका फ्यानलाई पनि प्रेरणा दिनेलाई हेर्दै शुक्रबार अनावरण गरिएको ओपो ब्रेक थ्रु प्रेरणा पुरस्कारका विजेता कार्लोस अल्काराज बन्नुभएको छ । टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एकका रूपमा सम्मानित १९ वर्षीय खेलाडीले यस वर्ष चार एटिपी एकल उपाधि जित्नुभएको छ र हाल विश्वमा उहाँको करियर उच्च स्थानमा रहेको छ ।

कम्पनीका अनुसार ओपोको नयाँ ब्रान्ड प्रस्ताव ‘इन्स्पिरेसन अहेड’ सँग जोडिएको यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेका ती खेलाडीकोे कठिन प्रयासलाई पहिचान गर्न केन्द्रित गरेको छ । ओपोका उपप्रमुख तथा ओपो ग्लोबल मार्केटिङका प्रमुख विलियम लिउले भन्नुभयो, ‘इन्सिपिरेसन अहेडको अर्थ हो, हामी अघि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु । यसले हामीलाई अप्ठ्यारालाई बहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहन प्रोत्साहन दिन्छ ।

विम्बल्डनका प्रसारण संवाददाताको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारबाट छनोट भएका थिए । ओपो ब्रेक थ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जान निकसिन्नर, तातजानामारिया र हार्मोनी ट्यान थिए ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?