लगानी कोषद्वारा व्याजदर परिवर्तन

Read Time = 2 mins

काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने गरी सहभागीलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५ प्रतिशत व्याजदरलाई वृद्धि गरी आठ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ ।

त्यसैगरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा नौ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ । कोषले बिमातर्फका सबै कार्यक्रममा वार्षिक ७.५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयका शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्य गर्दै आएको छ । राष्ट्र सेवक कर्मचारीबाट आगामी वर्षका लागि आवश्यक पर्ने बिमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बिमा राष्ट्रिय बिमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?