भारतद्वारा नेपाललाई विपद् राहत सामग्री

Read Time = 2 mins

काठमाडौं । भारत सरकारले नेपाललाई विपद् राहत सामग्री हस्तान्तण गरेको छ । भारत सरकारतर्फबाट नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राहत सामग्रीमा तीन हजारवटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् । हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ । मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने प्रतिबद्धता कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोधअनुसार दूतावासले राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाली जनता र नेपाल सरकारलाई विपद् न्यूनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने पहल दुई देशबीचको विकास साझेदारीका आधारका रूपमा रहेको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सम्बन्धित निकायले राहत सामग्रीको उचित प्रयोग एवं समयमै वितरण गरी त्यसको अधिकतम् लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो । नजिकको छिमेकी भएकाले दुई देशबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?