काठमाडौं । नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एकवर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको छ ।’ संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।
‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्नसमेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भन्नुभएको छ ।
जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको पनि एमालेले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको बताउनुभएको हो । भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग हो ।’ वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उहाँले बताउनुभएको छ । त्यस्तै, सरकारले सेनेटरी प्याडमा लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी बनाएको पनि भट्टराईले बताउनुभएको छ । यस प्रकरणमा सरकारी नेतृत्व नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका