दिल्लीमा प्रचण्डः बिदेश मन्त्रीसँगको भेटवार्ता देखी सेमिनारको प्रमुख बक्तासम्म

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुग्नुभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिवार दिनभर ब्यस्त रहनुहुने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रवार दिल्ली पुग्नुभएका प्रचण्डले बिदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेुहुनेछ ।

शनिवार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै बिदेश मन्त्री एस जयशंकरसँग द्धि-पक्षीय वार्ता गर्नेुहुनेछ भने सो लगत्तै बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेुहुनेछ ।

सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उहाँले नेपाल भारत सबन्धका बारेमा आफ्नो टिप्पणी राख्नुहुनेछ ।

साँझ बिदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनुहुनेछ, जसमा भारत सरकारका मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।

यसैगरी, आइतवार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नुहुनेछ, त्यसक्रममा उहाँले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नुहुनेछ ।

दाहाल सोही दिन माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । गत शुक्रवार दिल्ली पुग्नुभएकाे प्रचण्डलाई भाजपा बिदेश बिभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गर्नुभएको थियो । दाहाल सोमवार नेपाल फर्कनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?