शिल्पाका पति राज कुन्द्रा पनि अभिनयमा

Read Time = 2 mins

मुम्बई । गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका बलिउड ब्यवसायी तथा अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका छन् ।

सुटिङको लोकेशन मुम्बईको सब-अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक्ट्रीमा थियो । फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

‘फिल्ममा राज कुन्द्रा आफैंले अभिनय गरेका छन् । आर्थर रोड जेलमा जब उनी थिए, त्यहाँ जे कुरा उनीमाथि भयो, त्यसलाई फिल्मको कथामा देखाइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको सेकेण्डरी कास्टमा अरु कोही छैनन् । फिल्मको चर्चा बढी नहोस् भनेर राजले कोही कलाकार लिएनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका कास्ट एण्ड क्रु पनि एक दुई वटा फिल्ममा काम गर्ने मात्र छन् । ब्यानरको नाम द बिगर पिक्चर हो । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

गत वर्ष राजमाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । यो मुद्धामा मुम्बई प्रहरीले राजसहित १० व्यक्तिलाई आरोपी बनाएको थियो । सबैविरुद्ध चार्जशिट दायर भइसकेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?