समलिंगीको प्रेमकथामा ‘मिराः दी टेल्स अफ लाइफ’

Read Time = 2 mins

काठमाडौं । समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् ।

फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् ।

भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ ।

फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् ।

अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?