चार तोला सुन र साढे तीन लाख नगद ठगेर दम्पती फरार

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

-राधिका बुढाथोकी
सिन्धुली । अपरिचित एक दम्पती दुधौली नगरपालिका–३, तल्लो खुट्टेपानीमा सर्प नचाउदैँ गरेको देखिए । कुरा ८ असार बुधबार अपराहन्न ५ बजेको हो । वृद्धवृद्धा देखिने दुई जनाले सर्पको माला लगाए भाग्य चम्किने भन्दै केही पैसा पनि असुले । हेर्नको भिड लाग्यो । यो दृष्य आफ्नै घरको दलिनमा बसेर नियाली रहनु भएको थियो, मायाबती कुमारी दनुवार ।

जब साँझ पर्यो उनीहरु बास माग्न उहाँकै घर पुगेँ । दनुवारको परिवारले साँझ आएका पाहूँनालाई सत्कार गरे । दुई रात सोही घरमा विताएका दम्पतीले भ्रममा पारेर रु.तीन लाख ५० हजार नगद र झन्डै चार तोला सुन ठगी गरेर फरार भएको पाइएको छ । यता, कुवँर परिवार भने पीरमा छन् ।

कसरी ठगिए दनुवार परिवार ?
मायाबतीका अनुसार बिहिबार विहान अपरिचित दम्पतिले सानो पूजा गरेँ धन सम्पत्तिको दुख नहुने बताए । पूजा गर्न केही दिनको लागि पैसा र सुन गाउँभरीबाट सापटी मागेर ल्याउन आग्र्रह गरेँ । ऋणै ऋणमा डुबेका उनीहरुले उक्त सर्पलाई २÷४ दिन पैसा र सुन चढाउँदा दराजभरी पैसैपैसा हुने भनेपछि छिमेकी दीदीबहिनीले लगाएका गरगहना केही समयपछि फिर्ता गर्ने सर्तमा मागे ।
भक्रि अधिकारी दनुवार, मालती दनुवार, भुन्टी अधिकारी दनुवार, सुनिता अधिकारी दनुवार र रामसखी दनुवारले लगाएको गहना फुकालेर दिए । आफूसँग भएको ५० हजार, संस्था र व्यक्तिसँग ऋण गरेर ल्याएको तीन लाख र सुन दम्पतीलाई दिएको मायावतीले बताउनु भयो ।

‘बुधबार राती हामी बुढाबुढीलाई फूकी दिए, भोली पल्ट पैसा र सुन जम्मा गर्नु, तर, यसको लागि भनेर कसैलाई नभन्नु, तपाईहरु बाहेकका व्यक्तिहरुले यो कुरा थाहा पाए भने हामिले आँटेको काम सफल हुँदैन भने, हामी गाउँको सोझो मान्छे, उनीहरुले भने जस्तै गर्यौँ,’ उहाँले भन्नु भयो,‘ पाँच दिनपछि खोलेर हेर्नु पैसा नै पैसा हुन्छ,’ उनीहरुले भनेका थिए । ‘हामिले विश्वास गर्यो । ठगीमा परियो ।’

इश्र्याल मिया भनेर परिचय दिने वृद्धले आफूलाई सम्पर्क गर्ने नम्बर ९८१९९४८०६९ र ९८०७०३४८७ दिएका थिए । असार २३ गतेसम्म सम्पर्क भएको थियो । अझै पैसा पठाइदे भनेको थिए । आफूले अब केही पठाउन नसक्ने, लगेको पैसा र गरगहना पनि फिर्ता दिनु भनेदेखी फोन सम्र्पक हुन नसकेको पीडित मायाबती दनुबार बताउनु हुन्छ ।

उहाँले ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय डकाहामा निवेदन दिनुभएकोछ । प्रहरीले अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?