नगरप्रमुख पन्थीको अग्रसरतामा सरसफाई अभियान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी। रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको सक्रियतामा जिल्लाको तम्घास बजार सरसफाइ गरिएको छ । शनिबार जिल्लाको मुख्य ठाउँ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय, चिदिचौर र प्रहरी कार्यालय अगाडि हुँदै जिल्ला अस्पताल तम्घाससम्मको सरफाइ गरिएको हो । सो अवसरका नगरप्रमुख पन्थी आफैँ कुचो लिएर सफाइमा जुट्नु भएको थियो । उहाँलाई जिल्लाका बिशिष्ट व्यक्तिहरू पनि साथ दिएका थिए ।

सोही अवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख पन्थीले सफा र स्वच्छ नगर बनाउने अभियानको शुभारम्भ गरिएको बताउनुभयो । रेसुंगा नगरपालिका र नगर विकास तथा वातावरण संरक्षण संस्था तम्घासको आयोजना एवम्  जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल नेपाल गुल्मी, नेपाली सेना, गुल्मी उद्योग वाणिज्य संघ, निर्माण व्यवासयी, पत्रकार, आम नागरिक लगायत संबद्ध सबै पक्षको सहकार्य तथा उपस्थितिमा सफा, सुन्दर र स्वच्छ रेसुंगा नगर बनाउने उद्देश्यका साथ रेसुंगा नगर बजार क्षेत्र सरसफाइ गरिएको थियो ।

‘बजारमा कुहिने-नकुहिने फोहोर संकलनका लागि ठाउँ-ठाउँमा डस्बीन राखिएको छ । नगरप्रमुख पन्थीले भन्नुभयो, ‘तर सम्बन्धित डस्बीनमा फोहोर नराखी जथाभावी फोहर फालेको पाइयो । यसले शहरको सुन्दरतालाई कुरुप बनाउँछ ।’ सबैले फोहोरलाई उचित ठाउँमा राखियो भने बजार दुर्गन्धित नहुने र सफा शहर हुने नगर प्रमुख पन्थीको भनाइ छ ।  ‘सुन्दर, सफा र स्वच्छ शहर बनाउने हाम्रो उद्देश्य हो । यो अभियानको प्रारम्भ समेत गरेका छौं ।’ पन्थीले आगामी दिनमा सरसफाई अभियानालई वृहत् रुपमा अगाडी लैजाने बताउनुभयो ।

सरसफाइ अभियानमा जिल्ला समन्व्य समितिका प्रमुख द्रोणबहादुर खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरु समेत सक्रिय रुपमा सहभागी बन्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?