हुँदैन सरकारी कार्यालयको वेबसाइट अपडेट

हिमालय टाइम्स
Read Time = 4 mins

-प्रकाश मैनाली

सर्लाही । प्रसिद्ध नेपाली उखान छ, ‘सरकारी काम कहिले जाला घाम’ । यस उखानलाई साबित सरकारी कार्यालयमा सञ्चालित वेबसाइटले गरिदिएको छ । सर्लाहीमा रहेका अधिकांश सरकारी निकायले सञ्चालन गरेका वेबसाइटमा अपडेट नहुँदा पुरानै विवरण भेटिन्छ । पछिलो समय सरकारले आफूले गरेका सबै काम सामाजिक सञ्जाल तथा वेबसाइटमा अपडेट गर्न भनेर वेबसाइट निर्माण गरिरहेको भए पनि अपडेट भने गरिएको पाइँदैन । जनतालाई प्रत्यक्ष र सहजरूपमा सूचना प्राप्त होस् भनेर सरकारले वेबसाइट निर्माण गरेको भए पनि यसको सदुपयोग भने भएको पाइँदैन ।

https://dccsarlahi.gov.np  । यो जिल्ला समन्वय समिति सर्लाहीको वेबसाइट हो । यसमा अहिले पनि पुरानै निर्वाचित जिल्ला सभापति मेथुर चौधरी रहेको विवरण छ । अन्य विवरण तथा अत्यावश्यक सूचनासमेत अपडेट गरिएको छैन । गत वैशाखमा सम्पन स्थानीय तहको निर्वाचनपछि असार ५ बाट जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले कार्यभार सम्हालेका छन् तर अहिले पनि पुरानै जिल्ला सभापति मेथुर चौधरीसहितको विवरण वेबसाइटमा देखिन्छ ।

नवनिर्वाचित जिससको प्रमुख कौशलकिशोर सिंह र उपप्रमुखमा जीतेन्द्रकुमार महतो तथा  सदस्यहरूमा रामबहादुर बोम्जन, अलाउदिन मियाँ, रामशिलाकुमारी यादव, रेखादेवी साह, पासवतीदेवी थरुनी र सोनावती देवी तथा हेम कार्कीलगायतले कार्यभार समालेको करिब एक महिना पुग्न लाग्दासमेत नयाँ विवरण भरिएको देखिँदैन ।

https://www.ishworpurmun.gov.np/ne। यो इश्वरपुर नगरपालिकाको वेबसाइट हो । यो पनि अपडेट भएको छैन । पालिकाको परिचयमै प्रदेशले नाम पाएको महिनौँ भइसक्दासमेत प्रदेश २ नै लेखिएको पाइन्छ ।

यस्तै रामनगर गाउँपालिकाको वेबसाइटमा समेत प्रदेश २ नै लेखिएको पाइएको छ । यसरी  हेर्दा सर्लाही जिल्लामा रहेका धेरैजसो सरकारी कार्यालयको वेबसाइटमा अपडेट भएको पाइँदैन । एउटा वेबसाइट निर्माण गर्न तीन लाखभन्दा बढी रकम खर्च हुने भए पनि वेबसाइटमा धमिरा लागेर बस्दासमेत गलत सूचना पाउनुका साथै जुन लक्ष्यका साथ वेबसाइट निर्माण गरिएको छ, सो लक्ष्यसमेत प्राप्त नहुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?