ऋत र ग्रान्डीलाई हेराल्ड कप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेस्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ऋत ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए । वसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०-८ ले पराजित गर्‍यो । ओजिएमले हेराल्डलाई १०-८ ले हराउँदै तेस्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्स एकेडेमीलाई ७-५ ले पाखा लगायो । इन्साइट भिजनलाई ४-२ ले पन्छ्याउँदै भ्याली पब्लिक तेस्रो बन्यो । दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ऋतका जेविश मगर तथा गल्र्समा ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही एक हजार पाँच सय नगद पुरस्कार पाउनुभयो ।

विजेतालाई हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्याय, एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुँयाल र राजेश अर्याल, एकेडेमिक को-ओर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा २० गरी १०४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?