पोष्टरमा चलचित्र ‘म’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘म’ को दुईवटा पोष्टर सार्वजनिक भएको छ । पोष्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका एक्टिङ स्टुडेण्ट हुन र उहाँको यो डेब्यु चलचित्र हो ।

निर्माण टिमले केही दिनअघि १ मिनेटको टिजर सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक मिनेटको टिजर र पोष्टर अनुसार निशा अधिकारी डक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङस्टार भन्ने स्पष्ट देखाइएको छ । अन्य पात्रहरूमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई पनि टिजर र पोष्टरमा अटाइएको छ तर उनीहरूको क्यारेक्टर के हो भनेर ठम्याउन सकिँदैन ।

सार्वजनिक पोष्टरमा पनी व्यागराउण्डमा हस्पिटलको सेटिङ प्लेस्मेन्ट गरेर ब्लु टोनमा पोष्टर बनाइएको छ र स्याडोमा सबै क्यारेक्टरहरूको रिफ्ण्लेक्सन राखिएको छ । राकेश दाहालले डिजाइन गरेको पोष्टर पछिल्लो समयमा चलिरहेको फिल्मको पोष्टरभन्दा केही फरक लुक्समा देखिएको छ ।

लेन्डस्केप र पोट्रेट गरी दुईवटा फरकफरक साइजमा सार्वजनिक भएको ‘म’ को पोष्टरले हेरिरहेको रेगुलरभन्दा केही फरक कथामा सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहिलेसम्म गोप्य राखिएको छ । चलचित्रको निर्देशक सुवर्ण थापा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?