‘काठे भाकैले’ भन्दै अमर वान्तु

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ गीतकार/कवि/गजलकार तथा सामाजिक अभियन्ता अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहीमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र र्सिजना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता/दर्शकले मन पराउनेमा आशावादी छौं’, सर्जजक वान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान...’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?