एनआरएनएले कोषसँग सहकार्य गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गैरआवासीय संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य-सचिव शरदचन्द्र अधिकारीलगायतका प्रतिनिधिबीच छलफल भएको छ । सो अवसरमा कोषका सदस्य-सचिव अधिकारीले कोषले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

खासगरी कोषले झापा, चितवन, बर्दिया शुक्लाफाँटलगायतका विभिन्न तराईका जिल्लामा समुदायमा आधारित वन्य जन्तु संरक्षण, वातावरण संरक्षणलगायतका कार्यक्रमबारेमा जानकारी गराउनुभएको एनआरएनएले जनाएको छ ।

एनआरएनए अध्यक्ष डा. केसीले पनि एनआरएनएले स्थापनाकालदेखि नै सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउँदै एनआरएनएले कोषसँग पनि सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीका दोस्रो पुस्तालाई नेपालको वन्यजन्तु संरक्षणमा अध्ययन गर्न र विदेशमा रहेर सोही क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञसमेत समेटेर लान सुझाव दिनुभएको एनआरएनएले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?