समर अफरमा थप डाटा सुविधा

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएकोे विभिन्न सेवामा साउन १ गतेदेखि नयाँ दर लागू गरेको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुलदर कायम गरिएको कम्पनीले जनाएको छ ।

प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पिएसटिएन, एडिएसएल र एफटिटिएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत रकम स्वतः घट्ने भएको छ । त्यस्तै समरअन्तर्गत पहिले उपलब्ध सबै अफर अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध हुनेछ ।

कतिपय अफर परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् । जसअनुसार केही अफरमा उही मूल्यमा पहिलेभन्दा चार गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् । त्यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एकदिने तथा एक मासिक प्याकेजमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।

उदाहरणका लागि सियुजी हजार रुपैयाँमा १० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जिबी प्राप्त हुनेछ । त्यस्तै सियुजी १५ सयमा २० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जिबी प्राप्त हुनेछ भने पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरमा पनि थप सुविधा उपलव्ध हुने कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?