असारे विकासले एक महिनामै पुँजीगत खर्च २० प्रतिशत

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि असारे विकासले निरन्तरता पाएको छ । वर्षको ११ महिना काम नगर्ने तर आर्थिक वर्षको अन्तिम महिना असारमा भने अत्यधिक काम भएको देखाएर भुक्तानी लिनेक्रमले चालु आवमा पनि निरन्तरता पाएको हो । सोही कारण पनि चालु आवको अन्तिम एक महिनामै २० प्रतिशतभन्दा बढी पुँजीगत खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ३६.४९ प्रतिशतमात्रै पुँजीगत खर्च भएकोमा असार एक महिनामै २०.६९ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च बढेर ५७.१८ प्रतिशत पुगेको छ । संघीय सरकारले एकै दिन २४ अर्ब रुपैयाँ भुक्तानी दिएको छ ।

शुक्रबार २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ भुक्तानी दिएको हो । विकास निर्माणका लागि मात्रै शुक्रबार सरकारले नौ अर्ब ८४ करोडको भुक्तानी दिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै चालु खर्चका लागि सरकारले पाँच अर्ब ३२ करोड र वित्तीय व्यवस्थापनका लागि नौ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले असार महिनामा मात्रै दुई खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?