✍️ गीता अधिकारी
गीतसंगीत तथा विविध विधामा १०९ विश्व कीर्तिमान कायम गर्न सफल डा.डीआर उपाध्याय गीतसंगीत सँगसँगै उपन्यास लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका कीर्तिमानी उपाध्यायको पछिल्लो उपन्यास कृति ‘भाइरस लभ’ पाठकमाझ आएको छ । यस कृतिलाई शिखा बुक्स् बागबजारले पाठकमाझ ल्याएको हो ।
उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा केही समयअघि लोकार्पण गरिएकोे थियो । कृतिलाई तिलिचो तालसँगैको हिमालको पाँच हजार एक सय ६ मिटर उचाइमा लोकार्पण गरिएको थियो । डा. उपाध्यायका अनुसार यो उचाइमा अन्य कुनै उपन्यासको लोकार्पण हालसम्म गरिएको छैन । पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाकार उत्सव दाहाल, सुविन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनि सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिलालगायतले पाँच हजार एक सय ६ मिटर उचाइमा कृति लोकार्पण गर्नुभएको डा.उपाध्याय बताउनुहुन्छ ।
डा.उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमाझ आएका छन् । त्यसैगरी डा.उपाध्यायका तीनवटा गीति संग्रह पाठकमाझ आएका छन् ।
कोरोना भाइरस (कोभिड-१९)का कारण विश्व नै आक्रन्त बन्यो । यसको संक्रमणबाट विश्वमा लाखौं मानिस चपेटामा परे । नेपाललाई पनि यसको प्रकोपले आक्रान्त बनायो । हामी सबै कुनै न कुनै रूपमा कोरोना संक्रमणको शिकार भयौं । कोहीको यसैका कारण दुःखद् निधन पनि भयो । उपन्यास ‘कफी लभ’ पछि पाठकमाझ डा.उपाध्यायको यस कृतिमा पनि उहाँले कोरोना भाइरसले पु¥याएको असर र माया प्रेमका कुरालाई यस पुस्तकमार्फत माया गर्ने जोडीको कथा पस्किनु भएको छ ।
‘कोरोनाको महामारी बढिरहेको प्रसंगसहित अघिल्लो उपन्यास कफी लभले विश्राम लिएको थियो । त्यसपछि कोरोना भाइरसको महामारी रोकिएन । झन् बढ्यो ।
पुस्तक कौतुहलताले भरिपूर्ण छ जसले गर्दा पाठकलाई यसले बाँधिराख्दछ । पढ्न बसेपछि नसक्दासम्म विभिन्न रोचक मोड र सस्पेन्सले पुस्तकलाई रोचक बनाएको छ ।
यसले सरा विश्वलाई सन्त्रासको भुँमरीमा पार्यो । यो भाइरस व्यक्तिपिच्छे नै खलनायकीको अनेक रूपमा प्रस्तुत गरेको स्वतः स्पष्ट छ । प्रेम, वात्सल्य, ममता, स्नेहको कोरोनाले कैयौं घटनामा खिल्ली नै उडाएको हामीले पढ्यौं-सुन्यौं । केही सन्दर्भमा भने यसले समाजमा सेवा भावना जगाएको छ ।
मानवताप्रति समर्पणको महान् उदाहरण प्रस्तुत गर्दै आआफ्नो स्वार्थमा केन्द्रित हुनेलाई लज्जित बन्न बाध्यसमेत पा¥यो । कोरोना भाइरसले उत्पन्न गरेको विषम परिस्थितिबीच कोमल हृदयले आफूलाई कताकता पुर्यायो । प्रिय पाठकलाई नौलोपनको अनुभूति गराउन मैले सक्दो प्रयास गरेको छु’, डा.उपाध्यायले कृतिको दैलो उर्घाँदै यसरी उपन्यास लेखनको सुरुवात गर्नुभएको छ ।
चालीस भागमा विभाजन गरिएको यस कृतिमा माया प्रेमका जोडीका विभिन्न घटनाक्रम, उतार-चढाव, आरोह-अवरोह, घात-प्रतिघात, विश्वास-अविश्वास, छल-कपट, विकृति-विसंगतिलाई बढो कलात्मक र रोचक ढंगले डा. उपाध्ययले प्रस्तुत गर्नुभएको छ । पुस्तक कौतुहलताले भरिपूर्ण छ जसले गर्दा पाठकलाई यसले बाँधिराख्दछ । पढ्न बसेपछि नसक्दासम्म विभिन्न रोचक मोड र सस्पेन्सले पुस्तकलाई रोचक बनाएको छ ।
प्रस्तुत उपन्यासमा प्रस्तुतीकरण, काल्पनिकता, पात्रहरूको विविधता, यसमा उल्लेख गरिएका प्रसंग जानकारीमूलक र उपदेशात्मकता लगायत आधारमा यस कृतिलाई किशोर मनोविज्ञानमा आधारित उपन्यास भन्नु उचित होला । स्रष्टा उपाध्याय आफैं किशोर अवस्थाको भएर यस कृतिमा प्रस्तुत हुनुभएको छ । बिम्बहरू र प्रतीकहरूको प्रयोग उपन्यासभरि पाइन्छ । सरल भाषामा गहन र रमाइला प्रसंग यसमा उनिएका छन् ।
‘जीवनमा आफूले सबैभन्दा बढी माया गरेको व्यक्ति तर त्यही व्यक्तिबाट यस्तो जवाफ आउँदा आकारको मन छिया छिया भयो । उसको आँखा रसायो । मन दुख्यो । आफूले मान्छे नचिनी प्रेम गरेकोमा पछुतो भयो । अब ऊ गर्न के नै सक्थ्यो र ? रमितालाई यस्तो अवस्थामा पनि स्वीकार्नुबाहेक ।’ उपन्यासको एक प्रसंगमा यस्तो व्यक्त गरिएको छ ।
भाषा विन्यास, शुद्धाशुद्धि र सम्पादनमा केही कमीकमजोरी देखिए तापनि कृति भने उत्कृष्ट रहेको छ । शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ । ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि.वितरक रहेको पुस्तकको आवरणमा भाइरस संक्रमण र माया प्रेमलाई दर्शाउन खोजिएको छ ।
नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै गीतसंगीतका क्षेत्रमा अनवरत रूपमा आफूलाई क्रियाशील गराउनका साथै गीतसंगीत तथा विविध माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा डा.उपाध्यायले परिचित गराई राख्नुभएको छ । गीतसंगीत तथा विविध विधामा १०९ विश्व कीर्तिमान कायम गरेर उहाँले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गर्नुभएको छ । यस महान् कार्यमा आफूलाई संलग्न गराउनुभएका डा.उपाध्याय धन्यवादको पात्र हुनुहुन्छ । गीतसंगीतमा नयाँनयाँ प्रयोग, यसको संरक्षण र सम्बद्र्धन गर्न लागिपरिरहनु भएको छ स्रष्टा उपाध्याय । उहाँका यस्ता महान् कार्यका लागि नमन । डा. उपाध्यायका आगामी दिनमा यस्तै यस्तै अन्य कृति प्रकाशन हुँदै जाऊन् गीता कामना ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका