यादव पक्ष आज निर्वाचन आयोग जाँदै, भट्टराईलाई कारबाही गरेको जानकारी दिइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ ।

यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताउनुभयो ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो । सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ ।

तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रुपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?