श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।

‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना ९एसएलपीपी० का महासचिव सागरा करियावासमले रोयटर्सलाई भने ।

देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपतिगोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ ।

पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए ।सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिप्ट सिंगापुर पुगेका थिए ।

श्रीलंकामा चरम आर्थिक संकट निम्त्यिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।
एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?