नेप्से परिसूचक सामान्य अंकले वृद्धि

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । त्यसैको निरन्तरता स्वरुप आईतवार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आईतवार नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अंकले घटेको छ ।
आईतवार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ । तर यता,होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से सामान्य अंकले बढेसँगै राधी विद्युत कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यता,सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ । अपर तामाकोशी हाइड्रोपावरकोे ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?