ढाका । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले क्लिनस्विप गरेको छ । शनिबार राती भएको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज ३-० ले जितेको हो ।
घरेलु टोलीले दिएको १७९ लक्ष्य बंगलादेशले ६ विकेट गुमाएर ९ बलअगावै पूरा गर्यो । भ्रमणकारी टोलीका लिन्टन दासले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । त्यसबाहेक तमिम इकवालले ३४, नुरुल हुसेन ३२, महमुद उल्लाहले २६ र मेहेदी हसनले १६ रन बनाउनुभयो । वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ तथा अल्जारी जोसेफ र निकोलस पुरनले समान १/१ विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।
उसका लागि कप्तान निकोलस पुरनले ७३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । किएकी कार्टीले ३३ तथा रोमारियो सेफर्डले १९ रन बनाउनुभयो । बंगलादेशका तैजुल इस्लामले ५ तथा नासुल अहमद र मुस्ताफिजुर रहमानले समान २/२ विकेट लिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच