सेभियाको टोटनहमसँग बराबरी

Read Time = 2 mins

लन्डन । प्रि-सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब टोटनहम हट्सपरले स्पेनिस क्लब सेभियासँग बराबरी खेलेको छ । दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा टोटनहम र सेभियाले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको ५०औँ मिनेटमा हृयारी केनले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, खेलको ६४औँ मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।

यसअघि कोरियामा नै भएको अर्को मैत्रीपूर्ण खेलमा टोटनहमले कोरियन क्लब अल स्टार टिमलाई ६-३ गोलअन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा हृयारी केन र हृयुङ मिन सनले सानदार प्रदर्शन गर्दै टोलीको जित दिलाउनुभएको थियो ।

खेलको ३०औँ मिनेटमा डाएरले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै टोटनहमलाई अघि बढाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा सुन चोले हेडरमार्फत् बराबरी स्कोर गर्नुभयो । केनको क्रसलाई जिन-हृयोक किमलाई लाग्दै गोल भएपछि टोटनहमले आत्मघाती उपहार पायो । त्यसको ५ मिनेटमा भेल्द्विकले अर्को गोल थप्नुभयो ।

५४औँ मिनेटमा केनले र ६८औँ मिनेटमा सनले पेनाल्टीमा गोल गर्नुभएपछि टोटनहम फराकिलो अग्रतातर्फ अघि बढ्यो । त्यहीबीच घरेलु टोलीका अमानोले फ्रिकिकबाट गोल अन्तर घटाउनुभयो । त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा दुई गोल गर्दै टोटनहमलाई जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?