रेस्लर भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा ७ सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको गठन भएको छ । जिफन्टको अध्यक्षसमेत रहनुभएका मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठ, स्पोर्ट्स युनियन नेपालका केन्द्रीय अध्यक्ष प्रदेश सांसद् सीता लामा, केन्द्रीय महासचिव सुदिप शर्मालगायतको उपस्थितिमा बालकोटस्थित रेडक्रसको भवनमा भएको भेलाले भगवतीको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

युनियनको उपाध्यक्ष क्रिकेटका सुशन श्रेष्ठ, सचिवमा क्रिकेटका पवन पौडेल र कोषाध्यक्षमा क्रिकेटका सञ्जय बस्नेत रहनुभएको छ । सदस्यमा कराँतेका श्रीकिसुन साह, क्रिकेटका सुरजरत्न शाक्य र कराँतेका हिरा तामाङ चयन हुनुभएको छ ।

विभिन्न ६ जिल्लामा युनियन गठन भइसकेको अध्यक्ष लामाले जानकारी दिनुभयो । यसअघि मकवानपुर, उदयपुर, ललितपुर, काठमाडौं र रूपन्देहीमा कार्यसमिति गठन भइसकेको बताइएको छ । अध्यक्ष श्रेष्ठले पदाधिकारीलाई बधाइ दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । अध्यक्ष लामाले मुख्यतः खेलाडीको श्रमसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर कार्य गर्न कमिटी गठन गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?