खाद्य असुरक्षालाई कम गर्न जी-२०का आर्थिक नेताहरू सहमत

Read Time = 2 mins

जाकार्ता । ग्रुप अफ २० ‘जी-२०’ का आर्थिक नेताहरूले हाल विश्वमा निकै समस्याका रूपमा देखापरिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् । जी-२० का अर्थमन्त्री र गभर्नरहरूको इण्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो ।

जी-२० का अर्थमन्त्री र गभर्नरहरूले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् । युक्रेन संकट र अन्य कारणले हालैका दिनहरूमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रूपमा देखिएको बताउँदै उनीहरूले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीको खोजी गर्ने त्यसलाई कम गर्न लागी पर्ने बताएका हुन् ।

बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भन्नुभयो, ‘हामीले यस विषयमा आवश्यक छफफल गर्यौं, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज छ ।’ उहाँले जी-२० मा आबद्ध रहेका सबै देशहरूले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा जोड दिइएको बताउनुभएको थियो । (रासस/सिन्हृवा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?