निःशुल्क मधुमेह स्क्रिनिङ सेवा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

चितवन । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन गरिएको छ । नेपाल मधुमेह समाजसँगको सहकार्यमा सुगरका बिरामीको सहजताका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

नेपालमा दिनहुँ मधुमेहका रोगीहरूको संख्या वृद्धि भइरहेको र मधुमेहका बिरामी अस्पताल आउनेक्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीले निःशुल्क सुगर जाँच गर्न सक्ने बताइएको छ । त्यस्तै मधुमेहका सम्पूर्ण बिरामीलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यस्तो सुविधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ । समाजले अस्पतालका रेडियोलोजी र फार्मेसीबाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाएको छ ।

दुवै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, मधुमेह रोग नियन्त्रण तथा उपचारका लागि सचेतना अभियान, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । समाजका अध्यक्ष एमप्रसाद शर्माले मधुमेहका बिरामीका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुसीको कुरा भएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९८० मा ४.७ प्रतिशत वयस्कहरू (१८ वर्ष र माथिका) लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ । सो अवधिमा मधुमेहीको संख्या झण्डै चार गुणा बढेको छ । सन १९८० मा १० करोड ८० लाख मधुमेही रहेकोमा सन् २०१४ मा बढेर ४२ करोड २० लाखमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?